Thursday, March 6, 2008

टेलिकमको सेयर

देशकै सबैभन्दा बढी नाफा गर्ने कम्पनी नेपाल टेलिकमको सेयर किन्न लगानीकर्ताले चासो नदेखाएर चिसो प्रतिक्रिया दिए । कुल पु“जीको ४० प्रतिशतभन्दा बढी नाफा गर्ने यो कम्पनीको सेयर बिक्री नहुनु पु“जी बजारका लागि असामान्य घटना बन्यो । केही साताअघि मात्र सञ्चिति नोक्सान झन्डै ७ अर्ब रुपैया“ भएको कृषि विकास बैंकको सेयरका लागि मागभन्दा ४० गुना बढी निवेदन परेको थियो । सूचीकृत कम्पनीको सेयर कारोबार हुने दोस्रो बजार स्टार्न्र्डड चार्र्टर्ड बैंक नेपालको एक सय रुपैया“ चुक्ता मूल्यको सेयर करिब ५ हजार रुपैया“मा कारोबार भइरहेको छ । वित्तीय अवस्था खराब भएका कम्पनीको समेत चुक्ता मूल्यभन्दा ४-५ गुना बढीमा किनबेच छ । सरकारले पनि यसलाई हेरेर बढी मूल्यमा सेयर बिक्री गरेर फाइदा उठाउने सोच बनाएको थियो । तर सेयर बजारप्रतिको विश्लेषण गलतसावित भएको छ । नागरिक लगानी कोषका बचतकर्ताले सेयर किन्न ऋण पाउने सुविधा दि“दासमेत न्यूनतम ४ अर्ब ५० करोड उठ्नुपर्नेमा करिब ३ अर्बको आवेदन पर्‍यो । सेयर बिक्री बन्द हुनुभन्दा तीन दिनअघिसम्म यो अंक करोडभित्र थियो । सेयर निष्कासनका क्रममा केही गल्ती भएका छन् । त्यसकै परिणाम हो यो ।

पहिलो गल्ती- ठूलो रकमको सेयर निष्कासनका लागि अनुपयुक्त समय चयन गरियो । सेयर निष्कासन भएको समयमा वित्तीय संस्थाहरू तरलताको अभावमा थिए । बैंकहरूले आपसी लेनदेनको ब्याजदर करिब ८ प्रतिशतसम्म पुगेको थियो । कृषि विकास बैंकको सेयरका लागि ५ अर्ब ७७ करोड रुपैया“को आवेदन परेको थियो । यो रकम फिर्ता नहु“दासम्म ठूलो रकमको सेयर बिक्रीका लागि बजारमा ल्याउनु हु“दैनथ्यो । सरकारले यो तथ्यलाई सही मूल्यांकन गर्न सकेन । बजारमा
तरलता अभावलाई सरकारले बेवास्ता गर्नु हु“दैन्थ्यो ।

दोस्रो गल्ती- सेयर बजार अकासिएको समयबाट फाइदा उठाउने सोच सरकारले थियो । सूचीकृत कम्पनीका सेयर कारोबार हुने नेपाल स्टक एक्सचेञ्जमा वित्तीय संस्थाको कारोबार मूल्य अकासिएको थियो । यसलाई आधार बनाएर सरकारले चुक्ता मूल्यभन्दा बढी प्रिमियममा सेयर बिक्री गर्ने निधो गर्‍यो । यसअनुसार सरकारले १ सय रुपैया“ चुक्ता मूल्यको सेयरका लागि न्यूनतम ६ सय रुपैया“ मूल्य तोक्यो । टेलिकमको बुक भ्यालु -किताबी मूल्य) २ सय १२ रुपैया“मात्र थियो । चालू वर्षो नाफालाई आधार मान्दा ६ सयमा सेयर किन्नेले करिब ७ प्रतिशत प्रतिफल पाउन सक्थे । सेयर किनेर राख्ने र बोनसमात्र खान चाहनेका लागि यो आकर्ष प्र्रतिफल थिएन । बैंकले हकप्रद र बोनस सेयर दिने आधारमा दोस्रो बजारमा मूल्य बढेको थियो । तर टेलिकममा यो सम्भावना थिएन । एक कित्ताका लागि न्यूनतम ६ सय तोकिएकाले यसमा जोखिम पनि थियो । न्यूनतम प्र्रिमियम मूल्य ६ सय रुपैया“ के आधारमा तोकियो - यसमा किन्दा किन फाइदा छ - यसबारे सरकारले प्रचार-प्रसार गर्न सकेन ।

तेस्रो गल्ती- सेयर किन्न चाहनेले न्यूनतम एक सय कित्ताका लागि आवेदन दिनुपर्ने प्रावधान पनि त्रुटिपर्ूण्ा थियो । यसका लागि न्यूनतम ६० हजार लगानी गर्नुपथ्र्यो । यही कारण सरकारले बढी आलोचना पनि भोग्नुपर्‍यो । अन्य कम्पनीले जस्तै न्यूनतम १० वा २० कित्तासम्म खरिद गर्न पाउने प्रावधान राखेको भए खरिदकर्ता धेरै हुने थिए । किन्न त“छाड-मछाड हुने गथ्र्यो । तर न्यूनतम १ सय कित्तँ तोकेर यो अवसर सरकारले गुमायो । यसबाहेक सरकारले यो सेयरमा अनावश्यक विवादको पनि सामना गर्नुपर्‍यो । कर्मचारीलाई ९० रुपैया“मा किन दिइयो यो मुख्य विवादको विषय बन्यो । ग्राहकलाई सेयर दिनुपर्ने अर्को विवाद जन्मियो । यस्ता विवादले लगानीकर्ता हच्किए ।

अब यो सेयरमा पैसा हाल्नेको के हुन्छ, अहिले यो धेरैले सोध्ने प्रश्न बनेको छ । सरकारले यसबारे छिटो निर्ण्र्ाागरेर लगानीकर्तालाई जानकारी दिनर्ुपर्छ । पर्याप्त रकमको आवेदन नपरेकाले न्यूनतम ६ सयमा किन्न निवेदन दिनेले पनि सेयर पाउने भएका छन् । बढाबढमा बढी रकम तोक्नेलाई भने नोक्सान हुनेछ । यो बजारको नियम हो । बढी मूल्य हाल्नेलाई सेयरमा लगानी गर्दा विचार पुर्‍याउनर्ुपर्छ भन्ने सवक पनि हो यो ।


- विजय घिमिरे

SOURCE: Kantipur Daily

No comments: