Wednesday, June 1, 2011

आफुलाइ कस्तो भोक् लाइराछ !


एउटा 'थेगो' ले कुनै कलाकारको करियर नै बन्छ भन्ने कुरा हास्यकलाकार देवीराम पराजुलीले प्रमाणित गरिदिएका छन्। २०५१ सालदेखि नै अभिनय क्षेत्रमा प्रवेश गरेका देवीरामले हास्यश्रृंखला

'जीरे खुर्सानी' मा अभिनय गरेपछि मात्र उनलाई दर्शकले राम्रोसँग चिन्न थालेका हुन्। ' आफूलाई यहाँ कस्तो भोक लागिरहेको छ' भन्दै करिब साढे ६ वर्षदेखि उनी 'जीरे खुर्सानी' मा अभिनय गरिरहेका छन्। श्रृंखलाको नवौं भागदे खि अभिनय गर्न थालेका देवीराम गत सोमबार प्रसारित ३ सय ४५ औं भागसम्म आइपुग्दा पनि उत्तिकै लोकप्रिय छन्। झन्डै १७ वर्षअघि प्रज्ञाभवनमा मञ्चन भएको संस्कृत भाषाको नाटक 'गुरुदक्षिणा' मा देवीरामले पहिलो पटक अभिनय गरेका थिए। त्यसपछि उनले दर्जनौं नाटकमा अभिनय गरे। नाटक मञ्चन गर्न भारतसम्म पुगे। कलाकार मदनदास श्रेष्ठसँग रेडियो नेपालले प्रसारण गर्ने नाटकमा स्वरांकन पनि गरे। रंगमञ्च र रेडियो नाटकमा अभिनय गरेर खारिएका देवीरामले टेलिभिजनमा भने २०५३ सालदेखि मात्र अभिनय गर्न थालेका हुन्। पहिलो नाटक 'गुरुदक्षिणा' नै टेलिफिल्मका रूपमा निर्माण भएपछि उनले त्यसमा अभिनय गर्ने अवसर पाए। त्यसपछि उनले जन्मभूमि, सपना, प्रायश्चित, रागविरामजस्ता टेलिश्रृंखलामा अभिनय गरे। तीमध्ये कुनै पनि श्रृंखलामा उनी हास्यकलाकारका रूपमा प्रस्तुत भएनन्। जितु नेपाल र शिवहरि पौडेलले 'जीरे खुर्सानी' मा गाउँले पात्रको भूमिका निर्वाह गर्न बोलाएपछि देवीराम आजको स्थितिमा आइपुगेका हुन्। जीरे खुसार् नीको व्यवस्थापनसमेत सम्हालिरहेका देवीरामसँग साप्ताहिकको तीन प्रश्नः

तपाईंलाई वास्तविक जीवनमा चाहिं कत्तिको भोक लाग्छ ?

भोक त हरेक प्राणीलाई लाग्छ तर जीरे खुर्सानीको जस्तो भोकचाहिं मलाई अहिलेसम्म लागेको छैन।

दर्शकहरूले 'भोक लाग्यो' भनेर बोलाउँदा तपाईंको प्रतिक्रिया के हुन्छ ?

यही उपनामले मलाई लोकप्रिय बनाएको छ भन्ने कुरा सोचेर खुसी हुन्छु। मसँग कुराकानी गर्न चाहने दर्शकसँग हाँसी-हाँसी कुरा गर्छु।

भविष्यसम्म पनि अभिनय नै गरिरहने कि ?

दर्शक एवं निर्देशकले मन पराउन्जेल अभिनयमै रहन्छु। कलाकार भएपछि भविष्यमा निर्देशक बन्ने लक्ष्य त हरेकको हुन्छ र मेरो पनि छ।
Source: http://www.ekantipur.com/saptahik/article/?id=4421

No comments: