Monday, November 11, 2013

Aadhikhola अांधीखोला तमु समाज - देउसीभैलो २०७० Part 1

http://www.youtube.com/v/aT92wuRt0Kk?autohide=1&version=3&attribution_tag=Ghm6u3BuoaUrqbruQ-maIw&feature=share&autoplay=1&autohide=1&showinfo=1

Monday, October 7, 2013

Happy Vijaya Dashami 2070 to All !!!

Happy Vijaya Dashami 2070 to All !!! बिजया दशमी २०७० को पावन अवशरमा देश तथा विदेशमा रहनुहुने सम्पुर्ण नेपाली दाजु-भाइ तथा दिदी-बहिनीहरुमा हार्दिक मङ्गलमय शुभ-कामना टक्र्यांउदछु ।

Tuesday, September 24, 2013

My son doing homework...

तमु प्ये ल्हु सङ्घ, थेबा थ्हें (महायज्ञ), ३ देखि ९ कार्तिक २०७०, पोखरा : जानकारी सभा तथा अन्तर्क्रिया कार्यक्रम

तमु प्ये ल्हु सङ्घ, थेबा थ्हें (महायज्ञ), ३ देखि ९ कार्तिक २०७०, पोखरा : जानकारी सभा तथा अन्तर्क्रिया कार्यक्रम !!! २५ भदौ २०७०
तमु प्ये ल्हु सङ्घ दान उत्प्रेरक व्यवस्थापन उपसमिति, काठ्मान्डौको आयोजनामा मिति २०७० साल भाद्र २५ गते तमु ह्युल छोंजधी गुरुङ रास्ट्रीय परिशदको भवनमा थेबा थ्हें (महायज्ञ) सम्बन्धि जानकारी सभा तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न भयो । आजको कार्यक्रममा प्रमुख अतिथिको रुपमा तमु ह्युल छोंजधी गुरुङ रास्ट्रीय परिशदका केन्द्रीय अध्यक्ष श्री रेशम गुरुङ हुनुहुन्थ्यो । साथै केन्द्रीय कोशाध्यक्ष श्री हरिमाया गुरुङ, सदश्यहरु श्री गर्ज बहादुर गुरुङ, क्या. श्री गणेश बहादुर गुरुङ, सङ्रक्षण परिशदका अध्यक्ष श्री कुम्भराज गुरुङ, भु. पु. प्रधान सेनापती श्री छत्रमान सिङ गुरुङ तथा भु. पु. प्रहरी महानिरिक्षक श्री हेम बहादुर गुरुङ लगायत अन्य विशिष्ट महानुभावहरुको उपस्थिति थियो । आजको जानकारी सभाको प्रमुख उद्देश्य यहि २०७० साल कार्तिक ३ गतेदेखि ९ गतेसम्म तमु प्ये ल्हु सङ्घ, केन्द्रीय समितिले पोखरमा आयोजना गर्न लागेको थेबा थ्हें (महायज्ञ) को बारेमा जानकारी गराउनु र सो यज्ञको लागि दान सङ्कलनको बारेमा पनि जानकारी गराउनु रहेको थियो ।
आजको कार्यक्रमको उद्घाटन सत्रमा सदाझैं खादा लगायेर स्वागत गर्नुको सट्टा अतिथिहरुलाइ प्-हच्यु गुरु श्री होमन ल्हेङे गुरुङले मन्त्रोच्चारण गरि रुपा लगाइदियेर स्वागत गरियेको थियो । साथै प्रमुख अतिथि श्री रेशम गुरुङले पानशमा बत्ति बालेर तथा क्ल्हेप्री र बोन्पो लामाले धुप बालेर उद्घाटन गरियेको थियो । कार्यक्रमको सन्चालन श्री लोक बहादुर गुरुङले गर्नु भयेको थियो । वहां आधिखोला तमु समाजका सचिव तथा जनजाती महासङ्घ काठमान्डौ जिल्ला कमिटी अध्यक्ष हुनुहुन्छ । त्यसका साथै श्री लोक गुरुङ, तमु ह्युल गुरुङ रास्ट्रीय परिशद काठमान्डौको पनि सचिव हुनुहुन्छ ।
पोखराबाट आउनुभयेका तमु प्ये ल्हु सङ्घ केन्द्रीय कमिटीका अतिथिहरुमा का. वा. अध्यक्ष क्या. रुप बहादुर गुरुङ, थेबा थ्हें सङ्योजक तेज बहादुर चाक्ली गुरुङ, क्ल्हेप्री चिवा देव बहादुर गुरुङ, क्ल्हेप्री समिति अध्यक्ष, साथै केन्द्रीय सदस्य फाउन्डर मेम्बर भवर सिङ्ह पाल्छे गुरुङ, क्या इन्द्र बहादुर चाम्रु गुरुङ, पोल बहादुर क्रोम्जे गुरुङ को उपस्थिति थियो । प्ये छां लेखन तथा प्रकाशन समितिका सचिव तथा सोहि बिषयमा एम. फिल. गर्दै गर्नुभयेका दिल प्रशाद ल्हेङ्गे गुरुङ र तमु युवा केन्द्रीय महासचिव शुक्र राज सर्वुजाको पनि उपस्थिति थियो ।
पोखराबाट पाल्नुभयेका तमु प्ये ल्हु सङ्घका अतिथिहरुले येहि २०७० साल कार्तिक ३ देखि ९ गतेसम्म गर्न लागियेको थेबा थ्हें (महायज्ञ) को बारेमा जानकारी गराउनुभयेको थियो र सो शुभ-कार्य सम्पन्न गर्नको लागि कोषको आवश्यकता पर्ने भयेकोले सक्दो सहयोग (दान) को लागि बिषेश अनुरोध गर्नु भयेको थियो । अन्तर्क्रिया शत्रमा बिभिन्न महानुभावहरुले आफ्नो-आफ्नो मनमा लागेका जिज्ञाषा तथा प्रश्न राखेका थिये जसको जवाफ पोखराबाट पाल्नु भयेका अतिथिहरुले दिनु भयेको थियो ।
सो कार्यक्रमको अन्तमा जापानी बिद्यार्थी मानकाले टोक्यो बिश्व बिद्यालयमा गुरुङ भाषाको बारेमा पि. एच. डी. गर्दै गर्नुभयेको जानकारी दिनुका साथै वहांलाइ सम्पुर्ण गुरुङहरुको तर्फबाट रुपा लगायेर स्वागत गर्नुका साथै मायाको चिनो प्रदान गरियेको थियो । तमु प्ये ल्हु सङ्घको यो कार्यक्रम काठमान्डौमा आयोजना गरियेको पहिलो औपचारिक कार्यक्रम हो । तमु प्ये ल्हु सङ्घ दान उत्प्रेरक व्यवस्थापन उप-समिति कार्यकारी समितिमा निम्न सद्श्यहरु हुनुहुन्छ: संयोजक : भु. पु. प्रहरी महानिरिक्षक श्री हेम बहादुर गुरुङ, उप-संयोजक : श्री आर बी गुरुङ, सचिव : श्री लोक बहादुर गुरुङ, कोशाध्यक्ष : श्री श्रीप्रसाद गुरुङ, सदश्यहरु: क्या श्री बिर बहादुर गुरुङ, श्री होमन ल्हेङ्गे गुरुङ, श्री अनिता गुरुङ, श्री रोबिन गुरुङ, प्रो श्री लिल गुरुङ, श्री धन गुरुङ, क्या. श्री काजिमान गुरुङ

Salaijo - Shooting Clips देउराली भञ्ज्याङ (राजु गुरुङ र दुर्गा गुरुङको स...



AIB365: It's Your Fault